हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लालबाबु मिँया भाड असोज महिनाको मकवानपुर जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । लालबाबुलाई सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक एवम प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदी दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यरत लालबाबुले विभिन्न मुद्दामा फरार रहेका ४ जना फरार प्रतिवादी पक्राउ गर्न सफल, लागुऔषध बरामद गरी ४ जनालाई पक्राउ, हेटौंडा–१० स्थित बासुदेव मार्गमा सञ्चालन जेएस सुनचाँदी पसलका सञ्चालक जितेन्द्र विश्वकर्मालाई अपरहण गरेका ३ जनालाई नियन्त्रणमा लिई विश्कर्मालाई अपहरणमुक्त गरेका थिए ।