सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा बुधबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३३ जनामा गरिएको पीसीआर परिक्षणमा २ जनामा र एन्टिजेन विधिबाट १७ जनाको परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना रहेका छन् । यस्तै थाहा नगरपालिका र बकैया गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ३ सय ८४ जना पुगेको छ ।

जिल्लामा यहि अवधिमा २ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । होम आसोलेसनमा बसेका २ जना कोरोना मुक्त भएका हुन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १५ हजार ६९ जना पुगेका छन् ।

जिल्लामा हाल ८५ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये ७९ जना होम आइसोलेसन र ६ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।