हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष लिखित राजीनामा दिएकी छिन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेको प्रदेश प्रमुख शर्मा को प्रेस संयोजक शिव चौलागाईले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने बताइए पनि प्रदेश सभा बैठकबाटै राजीनामा दिएर मार्गप्रशस्त गर्ने बताउनुभएको थियो । बागमती प्रदेशमा अब एकीकृत समाजवादीको राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइने भएको छ ।










