सांकेतिक तस्विर ।

हेटौंडाः हेटौंडामा चाडपर्वको समयमा सवारी साधनमा बढी भाडा लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार हेटौंडाबाट काठमाडौंसम्म पुर्‍याईदिन्छु भनि यात्रुहरुसँग तोकिएको भाडादर भन्दा बढी भाडा लिने हेटौंडा–१ का सुमो चालक प्रसान्स नगरकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चालन नगरकोटीले लिएको बढी भाडा फिर्ता गरी उनीमाथि आवश्‍यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।