हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेश सभामा आजै बस्ने दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव टेबल गर्ने कार्यसूचि रहेको छ ।

प्रदेश सभाको आज बसेको पहिलो बैठकमा दलको नेताहरुले नवौ अधिवेशन तथा विजयी दशमीको शुभकामना मन्तव्य राखेका थिए । माओवादी बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मकट्टेलले विश्वासको मत लिन दर्ता भएको प्रस्ताव आजै नभए नभए भोलिसम्म टुंगो लगाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसको संसदीय दलको नेता इन्द्र बानियाँले विश्वासको मत लिने प्रक्रियालाई सभामुखले यथाशिभ्र चाडोभन्दा चाडो निष्पक्ष ढंगले अघि बढाउनुपर्ने बताउनुभयो । गठबन्धनको संस्कार चलेको, मुख्यमन्त्री दाबी रहेको अवस्था तथा सरकार अल्पमतमा भएको अवस्थामा विश्वासको मत लिने प्रक्रियालाई छिटो अघि बढाउनुपर्ने बानियाँले बताउनुभयो ।

यसैगरी एकीकृत समाजवादी बागमती संसदीय दलको नेता राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रस्ताव सरासर अघि बढाएर चाडोभन्दा चाडो अघि बढाउन सभामुखलाई आग्रह गरे । ‘कता–कता लाग्दो होला, मन्त्रीलहरुलाई झण्डा सहित टिकाटालोमा जान मन होला, तर अल्पमतमा परिसकेको सरकारको मन्त्रीले त्यसो गर्न उचित नहोला । नेता पाण्डेले भन्नुभयो ।