सांकेतिक तस्बिर ।

हेटौंडाः हेटौंडा अस्पतालमा शनिबार ५ जना कोरोना संक्रमित उपचाररत छन् । संक्रमित सबैलाई एचडियु कक्षमा राखेर उपचार सेवा दिईरहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. प्रशान्त विडारीले जानकारी दिनुभयो ।

अस्पतालमा ३ जना महिला र २ जना पुरुषले उपचार सेवा लिईरहेका छन् । उपचाररत रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको विडारीले जानकारी दिनुभयो ।