कहाँबाट आयौ तिमी के थियो र काम
समर्पित छ साथी तिम्रै लागि यो जीवन
माया गर्छु तिमीलाई साथ दिन्छु सधैँ
किन पो हो किन माया लाग्छ तिम्रै झनै
घाम लाग्दा शितल तिमी, पानी पर्दा छाता
संसारले सम्झिने छ हाम्रो मित्रताको गाथा
सुख हुँदा रमाउने दुःख पर्दा सँगै रुने
हिनताबोध भएको बेला कुरा गर्छौ मनै छुने
आत्तेको बेला आँट भनिदिनु
डराएको बेला साथ
सधैँ सँगै बस्न पाउँ
कहिल्यै नछुटोस् हाम्रो साथ