हेटौंडाः हेटौंडा—४ मा रहेको साहित्य संगम मकवानपुरले शनिबार विजयादशमी, दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेको छ ।
साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । राज्यमन्त्री श्रेष्ठले साहित्यिक क्षेत्रमा सक्दो सहयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरु सुभाकामना आदानप्रदान गरिनुका साथै मुक्तक, गजल र कविता वाचन गरेको थियो । कार्यक्रममा पूर्वअध्यक्ष निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, संगमकै पूर्व अध्यक्ष सुवास खनाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्ज मकवानपुरका अध्यक्ष देवराज तिवारी, मुक्तिगोविन्द बैद्य, तुल्सी घिमीरे,जेसिआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ, संगमका उपाध्यक्ष सानु खनाल, विश्वनाथ संजेल, सचिव डीबी बर्तौला, मसन उपासक लगायतको उपस्थिति रहेको थियो ।