हेटौंडाः पुर्वी मकवानपुरकोे बकैया गाउँपालिकामा शनिबार नेपाली काङ्ग्रेसले चियापन कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको काङ्ग्रेस बकैया–१ का सभापति बुद्ध बरामले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस बकैया गाउँ कमिटीका सभापति दिल बहादुर भोम्जनकोे सभाध्यतामा भएको कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा काङ्ग्रेस बकैयाका निवर्तमान अध्यक्ष भुमी नन्द गौतम, महासमिति सदस्य धर्म राज लामिछाने, नेकपा एमाले बकैया अध्यक्ष गोपाल दाहाल, नेकपा माओवादी केन्द्र बकैया इन्चार्ज भक्त बहादुर खत्री, नेकपा एकीकृत समाजबादी बकैया अध्यक्ष भरत लामिछाने लगायतको उपस्थिती रहेको थियो ।