Home मुख्य समाचार मकवानपुरको विरोध खतिवडा बने स्वास्थ्यमन्त्री

मकवानपुरको विरोध खतिवडा बने स्वास्थ्यमन्त्री

स्वास्थ तथा जनसंख्या मन्त्री विरोध खतिवडा

हेटौंडाः २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट खतिवडा स्वास्थ्यमन्त्री बन्नुभएको हो ।

६१ वर्षिया विरोध खतिवडा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा जन्मिनुभएको हो । उहाँले कानुनमा स्नातकसम्म गर्नुभएको छ । मकवानपुर २ बाट संसदमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुभएको हो ।

खतिवडा यसअघिको २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

Exit mobile version