हेटौंडाः बागमती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावको सुचना दर्ता गराउनुभएको छ । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको हो ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै दल विभाजन भएको तीस दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । अब असोज २४ गते बस्ने प्रदेश सभा बैठकले विश्वासको मत लिने नलिने तय गर्ने प्रदेश सभ सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।