Home मुख्य समाचार बागमती प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने सुचना दर्ता

बागमती प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने सुचना दर्ता

हेटौंडाः बागमती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावको सुचना दर्ता गराउनुभएको छ । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको हो ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल एमाले विभाजन भएसँगै दल विभाजन भएको तीस दिन भित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार विश्वासको मत लिने प्रस्ताव दर्ता गराएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । अब असोज २४ गते बस्ने प्रदेश सभा बैठकले विश्वासको मत लिने नलिने तय गर्ने प्रदेश सभ सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।