हेटौंडाः मकवानपुरमा मंगलबार ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४६ जनामा गरिएको पीसीआर परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट ५ जनाको परिक्षण गर्दा भने कसैमा संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार २ सय ७० जना पुगेको छ ।
जिल्लामा यहि अवधिमा १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । होम आसोलेसनमा बसेका १७ जना र संस्थागत आइसोलेसन बस्ने १ जना कोरोना संक्रमण मुक्त भएका हुन् । संक्रमण मुक्त हुनेमा १७ जना हेटौंडा उपमहानगरपालिकाका र १ जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय २८ जना पुगेका छन् ।
जिल्लामा हाल १ सय २७ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ सय १८ जना होम आइसोलेसन र ९ जना संस्थागत आइसोलेसनमा उपचारत छन् ।