हेटौंडाः नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को मकवानपुर–सर्लाही सम्पर्क समिति गठन भएको छ । मंगलबार नेपाली काङ्ग्रेस पार्टी कार्यालय मकवानपुरमा मकवानपुर–सर्लाही सम्पर्क समिति गठन गरिएको हो ।

मंगलबार भएको बैठकले सोनुकुमार कुशवाहाको अध्यक्षमा १३ सदस्यीय समिति गठन गरेको हो । बैठकले सुनिल कुश्वाहलाई उपाध्यक्ष र सचिवमा पुरोषत्तम जैशवाललाई चयन गरेको छ । नेविस संघ मकवानपुरका सभापति शिवप्रसाद खतिवडाको सभाध्यतामा भएको बैठकमा नेविसंघ मकवानपुर बहुमुखी क्याम्पसका सह संयोजक मिलन पुडासैनी, रौतहट–मकवानपुर सम्पर्क समितिको अध्यक्ष सुकिल राजा, नेविसंघ सिदार्थ माविको निवर्तमान संयोजक बुद्ध बराम लगायतको उपस्थिति थियो ।