३ जना महिला प्रअलाई सम्मान गरेपछिको सामुहिक तस्बिर

हेटौंडाः शिक्षाको लागि राष्ट्रिय अभियानले शिक्षक दिवसको अवसरमा हेटौंडाको ३ जना महिला प्रअलाई सम्मान गरेको छ । हेटौंडाको प्रावि, निमावि, मावि तीन वटा तहका उत्कृष्ट ३ महिला प्रअलाई सम्मान गरिएको हो ।

हेटौंडा–१ चाइनाक्वाटरमा रहेको अमर माविको महिला प्रअ मालती उप्रेती, हेटौंडा–१ लालझाडी स्थित बाराही निमाविकी प्रअ मञ्जु देवकोटा र हेटौंडा–१८ को भावना प्राविको प्रअ रुपा रिजाललाई सम्मान गरिएको हो ।

जिल्ला शिक्षा समिति संयोजक एवं जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलालको प्रमुख उपस्थितिमा महिला प्रअहरुलाई सम्मान गरिएको हो । शिक्षाको लागि राष्ट्रिय अभियान बागमती प्रदेशको संयोजक प्रकाश खतिवडाले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । साथै शिक्षाको गुणस्त अभिवृद्धिमा शिक्षकहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।