हेटौंडाः ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले वृक्षारोपण गरेको छ । मकवानपुरको हेटौँडा–५ क्याम्पा डाँडामा रहेको खाली सार्वजनिक स्थानमा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपणमा अमला, आँप, कटहर, तेजपता लगायत विभिन्न प्रजातिका ३५० वटा विरुवा रोपिएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले वृक्षारोपण गर्नुभएको थियो ।