हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आइतबार र सोमबार खुल्ला दुई दिने डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरू भएको हो ।
खेलमा ३२ टिमका ६४ जना खेलाडिहरुको सहभागिता रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा बागमती प्रदेशका प्रहरी, सशस्त्र प्रहरी गण लगायतका प्रहरीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । खेलको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले उद्घाटन गर्नुभएको हो ।