सांकेतिक तस्बिर ।

हेटौंडा : मकवानपुरमा शुक्रबार ९ जनामा कोरोना संक्रमण देखिएको छ । ७८ जनामा गरिएको पिसीआर परिक्षणमा ९ जनामा र ५ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, थाहानगरपालिकाका ४ जना, कैलाश गाउँपालिकाका १ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । हाल संस्थागत आइसोलेसनमा १३५ जना र संस्थागत ७ जना रहेका छन् ।

यस्तै शुक्रबार होम आइसोलेसनमा बस्ने ३६ जना र संस्थागत आइसोलेसनमा बस्ने १ जना गरी ३७ जना कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । हाल जिल्लाभरी १४२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।