फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट शुक्रबार ७३ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

३४ जना महिला र ३९ जना पुरुषको स्वाब नमुना सङ्कलन गरिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उनीहरुको स्वाब नमुना कोरोना परिक्षणको लागी हेटौंडा अस्पताल पठाइएको छ ।