गुगल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले विद्यालयमा शिक्षण सिकाई कसरी भईरहेको भन्ने विषय बुझ्न सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई बैठक बोलाएको छ । यसैगरी दशैंपछि विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा छलफलका लागि बैठक बोलाएको शिक्षा विकास महाशाखाका अधिकृत रामचन्द्र खड्काले बताउनुभयो । सामुदायिक विद्यालयका प्रअलाई आगामी असोज १८ गते र संस्थागत विद्यालयका प्रअलाई १९ गते बैठक बोलाएको छ ।

कोरोना भाइरस संक्रमण भएको करिब ५ महिना बन्द भएको विद्यालय भदौ २७ गतेबाट खुलेको थियो । कोरोना भाइरस कायम भएकै बेलामा विद्यालय कसरी सञ्चालन भइरहेको छ र कस्ता समस्याहरु आइपरे भन्ने विषयमा बुझ्न उपमहानगरले प्रधानाध्यापकहरुलाई बोलाएको बताउनुभयो ।