हेटौंडाः साहित्य संगम मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्ला अधिवेशनले अध्यक्षमा अनिता न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै उपाध्यक्षमा सानु खनाल, कोषाध्यक्षमा मनोज पोखरेल, सहसचिवमा यमनदेव उत्प्रेरक, सदस्यमा मेनुका तिमल्सिना, गँगा सापकोटा, सुनिल गौतम र कुवेर पराजुली सर्वसम्मत चयन गरेको हो । यसैगरी सचिव पदका लागि भने डिबी बर्तौला र रमेश बन्जारा बिच अहिले निर्वाचन भइरहको छ ।