फाइल तस्वीर ।

हेटौंडा : हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट बिहीबार ४३ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

२० जना महिला र २३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।

बिहीबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट शुक्रबार दिउँसो २ बजे आउने चौलागाईले बताउनुभयो ।