फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा बुधबार ४३ जनाले स्वाब संकलन गराएका छन् । हेटौंडा–१० स्थित गोरेक्षश्वर स्वाब संकलन केन्द्रबाट २० जना महिला र २३ जना पुरुषले स्वाब संकलन गराएका हुन् ।

संकलन गराएको स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।