हेटौंडाः लायन्स क्लब अफ हेटौंडा सिटीले हेटौंडा–५ स्थित हाम्रो घर बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेको छ । बालगृहमा रहेका बालबालिकाका लागि २८ जोर जुत्ता र बिस्कुट सहयोग गरिएको क्लबका अध्यक्ष नेत्रप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।
बालगृहमा आश्रित बालबालिकाका लागि जुत्ता आवश्यक छ भन्ने खबर प्राप्त भएपछि जुत्ता सहयोग गरिएको अध्यक्ष खतिवडाले बताउनुभयो । लायन्स क्लब अफ हेटौंडा सिटीले बार्षिक कार्यक्रमकै रुपमा सहयोग कार्यक्रम गरिएको जनाएको छ ।
क्लबका पूर्वअध्यक्ष राजकुमार न्यौपानेको प्रमुख आतिथ्यमा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । मंगलबार भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष अनिल अग्रवाल, निवर्तमान अध्यक्ष सुनिता हाडाको पनि उपस्थिति रहेको थियो ।