फाइल तस्वीर ।


हेटौंडाः हेटौंडामा बुधबार ४१ जनाको स्वाब नमूना संकलन भएको छ । बुधबार बिहान २५ जना पुरुष र १६ जना महिलाले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट संकलन भएको स्वाब नमूनालाई कोरोनाको पीसीआर परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभयो ।