भूटनदेवी मावि

हेटौंडाः हेटौंडा—४ स्थित स्कुलरोडमा रहेको भूटनदेवी माध्यमिक विद्यालयमा भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भोली मंगलबार बालबालिकाको शिक्षामा कोभिड १९ को असर विषयमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीले मात्र सहभागी जनाउन मिल्ने बताउनुभयो । नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।