Home मुख्य समाचार भूटनदेवी माविमा वक्तृत्वकला हुने

भूटनदेवी माविमा वक्तृत्वकला हुने

भूटनदेवी मावि

हेटौंडाः हेटौंडा—४ स्थित स्कुलरोडमा रहेको भूटनदेवी माध्यमिक विद्यालयमा भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । भोली मंगलबार बालबालिकाको शिक्षामा कोभिड १९ को असर विषयमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभयो ।

प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीले मात्र सहभागी जनाउन मिल्ने बताउनुभयो । नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

Exit mobile version