हेटौंडाः सेवाको लागि युवा हेटौंडा शाखाले बिहीबार हेटौंडाको ४ स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको छ । हेटौंडाको मयूरधापमा रहेको बिन्ध्यबासिनी मन्दिर, अपाङ्ग बाल पुनस्र्थापना केन्द्र, ओम शिवशक्ति धाम र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–१४ पदमपोखरी शाखालाई सेवाको लागि युवा हेटौंडा शाखाले अक्सिजन कन्सन्ट्रेटर, पीपीई सेट, अक्सिमिटर, सेनिटाइजर, बीपी सेट, सर्जिकल मास्क, ग्लोब्स, थर्मल गन र अक्सिजन मास्क वितरण गरेको छ ।

सेवाको लागि युवा हेटौंडा शाखाका अभियन्ता डीबी बर्तौलाले शुक्रबार हेटौंडा–११ स्थित मामाघर नेपाल, हेटौंडा–९ को हेल्थपोष्ट र हेटौंडा–१४ को हेल्थपोष्टमा स्वास्थ्य सामग्री वितरण गरिने बताउनुभयो । सेवाको लागि युवा केन्द्रीय कार्यालय पोखराले बुधबार हेटौंडा शाखालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!