निर्वाचनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–१३ को कांग्रेस सभापति पदमा आइमान मोक्तान सर्वसम्मत सभापति चयन हुनुभएको छ । सभापति पदमा आकांक्षीबीच सहमति गराउने क्रममा ढिलाई भएका कारण सोमबार बिहान मात्रै सभापति चयन गर्न सफल भएको हो ।

अधिवेशनबाट उपसभापतिमा सन्तलाल मोक्तान र नारायणसिं घलान, सचिवमा बगानसिं थिङ र निशान बलामी चयन भएका छन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि १७ जना चयन भएको अमृत लुङ्बाले जानकारी दिनुभएको छ ।