सोमबार बिहान अन्तिम मतपरिणामपछि विजयी उम्मेदवारहरु ।

हेटौंडाः हेटौंडा–९ मा नेपाली कांग्रेस वडा सभापतिमा वीरेन्द्र लामाले ह्याट्रिक गर्नुभएको छ ।

सोमबार बिहान प्राप्त अन्तिम मतपरिणाममा विजयी हुँदै लामा तेस्रो कार्यकालका लागि वडा सभापति चयन हुनुभएको हो । अर्का आकांक्षी छविरमण अर्याल हुनुहुन्थ्यो । १३ औं महाधिवेशनमा पनि लामाले अर्याललाई नै पराजित गर्नुभएको थियो ।

यस्तै उपसभापतिमा मुकुन्द अर्याल र रिता अर्याल, सचिवमा प्रदीप पराजुली र अमित श्रेष्ठ, सहसचिव मनोज रिजाल र सत्रुघन महर्जन विजयी हुनुभएको छ । ९ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधि १५ जना निर्वाचित भएका छन् ।