निर्वाचनपछि विजयी पदाधिकारी ।

हेटौंडाः हेटौंडा–१४ मा नेपाली कांग्रेस वडा सभापतिमा मनोज कुमार थिङ सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट मनोजको नेतृत्वमा सर्वसम्मत वडा समिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

अधिवेशनबाट वडा उपसभापतिमा गोकुल मोक्तान र कुमारसिं थिङ, सचिवमा कृष्णप्रसाद दाहाल र हेमबहादुर थिङ, सहसचिवमा समशेर डिम्डुङ र नवराज थिङ चयन हुनुभएको छ । २५ सदस्यीय वडा समिति तथा क्षेत्रीय प्रतिनिधि १४ जना चयन भएका छन् । १४ नम्बर वडामा नेपाली कांग्रेसको क्रियाशील सदस्य ३९ जना रहेका छन् ।