आइतबार वडा अधिवेशनको कार्यक्रम भइरहेको दृश्य ।

हेटौंडाः हेटौंडा–१ को कांग्रेस सभापतिमा हरिकृष्ण महर्जन निर्वाचित हुनुभएको छ । आइतबार राती २ बजे अन्तिम मतपरिणाम सार्वजनिक गर्दै निर्वाचन समितिले महर्जन सभापतिमा विजयी भएको घोषणा गरेको हो । वडा सभापतिका अर्का आकांक्षी जंगवीर रुम्बा थिए ।

यस्तै वडा उपसभापतिमा नवाङ सिन्तान र प्रशान्त अर्याल, सचिवमा एसिस रिजाल र उत्तम कुमार तामाङ चयन भएका छन् भने वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा १८ जना चयन भएका छन् ।