हेटौंडा : हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब नमुना संकलन केन्द्रबाट बिहीबार ७१ जनाको स्वाब नमुना संकलन गरिएको छ ।
३८ जना महिला र ३३ जना पुरुषको स्वाब नमुना संकलन गरिएको छ । सङ्कलन गरिएको स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशाला पठाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।