हेटौंडाः पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसको नेता कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन हुनुभएको छ । शनिवार हेटौंडामा भएको भेलाले अग्रवाललाई केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिबमा कुमार अधिकरी पोष्टराज, सहसचिव निरु मगर, कोषाध्यक्ष रमेश मुडभरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा बासुदेब श्रेष्ठ, प्रताप सिंह छेत्री, अर्जुन देबकोटा, रिता सुवेदी र स्वेता कोइराला रहनुभएको छ । भेलाले केन्द्रको सल्लाहकारमा माइकल रामचन्द्र अर्याल, राजबाबु पहाडी र डा रामप्रसाद अधिकारीलाई चयन गरेको छ ।