Home मुख्य समाचार कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल

कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल


हेटौंडाः पुर्ब प्रधानमन्त्री तथा नेपाली कांग्रेसको नेता कृष्णप्रसाद भट्टराईको नाममा रहेको सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाको अध्यक्षमा बिजेन्द्र अग्रवाल चयन हुनुभएको छ । शनिवार हेटौंडामा भएको भेलाले अग्रवाललाई केन्द्रको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

केन्द्रको उपाध्यक्षमा मन्जु खराल र सुवासचन्द्र अधिकारी, सचिबमा कुमार अधिकरी पोष्टराज, सहसचिव निरु मगर, कोषाध्यक्ष रमेश मुडभरी चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा बासुदेब श्रेष्ठ, प्रताप सिंह छेत्री, अर्जुन देबकोटा, रिता सुवेदी र स्वेता कोइराला रहनुभएको छ । भेलाले केन्द्रको सल्लाहकारमा माइकल रामचन्द्र अर्याल, राजबाबु पहाडी र डा रामप्रसाद अधिकारीलाई चयन गरेको छ ।

Exit mobile version