पार्टी प्रवेश कार्याक्रममा स्वागत गर्नुहुदैँ हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा विभिन्न पार्टी परित्याग गर्दै ४ सय २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको आयोजनामा पार्टी शुद्धिकरण एवम् पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी, राप्रपा र नेपाली कांग्रेसलगायतका विभिन्न पार्टी परित्याग गर्दै ४ सय २१ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले मकवानपुरका जिल्ला सदस्य नरहरि महतले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो भोर्लेमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई ,एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले टीका र खादा लगाएर नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा एमाले मकवानपुरका नेता बद्री लम्साल, कमल बिष्ट, हेटौंडा १७ का वडा अध्यक्ष भैरव राई, हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, मेयर महतका राजनीतिक सल्लाहकार नरहरि महतलगायतको आतिथ्यता रहेको थियो ।