हेटौंडाः राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको अवसरमा मामाघर नेपाल मकवानपुरलाई ११ हजार १ सय १ रुपैयाँ सहयोग भएको छ । सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेसागत हक, हित र संस्थाको सम्बद्र्वन गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष स्थापना दिवसमा मनाव सेवामा समर्पितलाई संस्थालाई सहयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल केन्द्रिय समितीको कोषाध्यक्ष रविन्द्र चौलागाईले जानकारी दिनुभयो ।

यस वर्ष भने शैक्षिक, स्वास्थ्य र सामाजिक रुपमा बालबालिकाको व्यक्तित्व विकास र वृद्विमा सहयोग पुर्‍याइरहेका मामाघर नेपाललाई सहयोग गरेको बताउनुभयो । जसले देशको कर्णधार बालबालिकाको उजागर गरिएकोमा संघले सहयोग गरिएको बताउनुभयो । मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले अहिले ५९ प्रतिशत संघसंस्था मनाव सेवामा समर्पित हुँदा व्यवसायको रुपमा सञ्चालन भइरहेको बताउनुभयो । यसका निम्ति सरकारले अनुगमन गरी कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । सरकारले बालगृह तथा मनाव सेवा जस्ता संघसंस्था जिल्ला जिल्लामा स्थापना गरी सञ्चालन गराउन पराजुलीले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैक नेपाल कर्मचारी संघ शाखा कार्यालय मकवानपुर हेटौंडा प्रारिम्भक कमिटीका अध्यक्ष विष्णु विश्वकर्मा, रामहरि अधिकारी, सागर लामिछाने, बलराम अर्याल लगायतको उपस्थिति रहेको थियो ।