हेटौंडाः मकवानपुर जिल्लाकोे मकवानपुरगढी गाउँपालिका वडा नं. ६ र ३ जोड्ने सामरी खोेलामाथि निर्माणाधीन फलामे पुल (बेलीवृज) निर्माण अन्तिम चरणमा पुगेको छ । ३ करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण भइरहेको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।
संघीय सरकारकोे करिब १ करोड १८ लाख रुपैैयाँ सहयोग तथा पालिकाकोे करिब २ करोड रुपैयाँ बराबर लागतमा निर्माण भइरहेको पुल दशैं अगाडिसम्ममा सञ्चालन गरिने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयोे । ८० मिटर लम्बाई रहेको निर्माणाधीन पुल २ स्पानमा निर्माण गरिएको छ ।
पुल निर्माण सम्पन्न भएपछि यो मकवानपुरगढीकै सबैभन्दा महत्वपूर्ण पुल हुने गाउँपालिका अध्यक्ष हुमागाईंले बताउनुभयो । पुलमा वर्षायाममा पनि गाडी चल्नसक्ने भएकाले मानिसहरु सजिलै आवतजावात गर्न सकिन्छ । वर्षायाममा खोलामा मानिसहरु आवतजवात गर्न गाह्रो हुने, खोलाले मान्छे बगाउनेजस्ता समस्याहरु अब नरहने उहाँले बताउनुभयो ।