फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा २९ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार १८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ र ११ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

सबैभन्दा धेरै हेटौंडा उपमहानगरमा १७ जनामा, थाहामा १, मकवनापुरगढीमा २, बागमतीमा १, मनहरीमा २, भीमफेदीमा २ र बकैयामा ४ जनामा कोरोना पुष्टि भएको हो । यस्तै आज ९२ जना संक्रमितहरु निको भएको स्वास्थ्य कार्यालय मकवापनुरले जनाएको छ ।