फाइल तस्वीर ।


हेटौंडाः हेटौंडामा मंगलबार ७६ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

४० जना महिला र ३६ जना पुरुष गरी ७६ जनाको स्वाब संकलन गरेको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । संकलन भएको स्वाब नमूना हेटौंडा अस्पतलाको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको छ । उनीहरुको बुधबार दिउँसो रिपोर्ट आउने चौलागाईले बताउनुभयो ।