फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आज सोमबार ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । १२७ जनामा गरिएको पिसिआर परिक्षणमा ३७ जना र १२३ जनामा गरिएको एन्टिजेन परिक्षणमा १२ जना गरी ४९ जनाा संक्रकण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण हुनेमा सबैभन्दा धेरै हेटौंडा उपकहानगरपालिकाका ३२ जना रहेका छन् । यस्तै, थाहानगरपालिकाका ९ जना, मनहरी गाउँपालिकाका ५ जना , मकवानपुर गढीगाउँपालिकाका १ जना, भिमफेदी गाउँपालिकाका १ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । हाल जिल्लामा ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।