बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल


हेटौंडाः भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा केही ढिलाई हुने भएको छ । बागमती प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङमार्गको टेन्डर अन्तिम चरणमा पुगिसके पनि टेन्डर आह्वान हुन सकेको छैन ।

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका विपक्षी नेताहरुले केन्द्र सरकारमा नराम्रो ढंगबाट प्रेसर दिएर प्रदेशसलाई निर्माण अघि बढाउन संघीय सरकारले सहमति नदिएको बताउनुभयो । जसले गर्दा सुरुङमार्ग निर्माण कार्यमा ढिलाई भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । दुई चार महिना लागेपनि सुरुङमार्ग निर्माण गरेर छाड्ने पौडेलले बताउनुभयो ।