Home मुख्य समाचार ज्योति पुस्तकालयलाई पुस्तक सहयोग

ज्योति पुस्तकालयलाई पुस्तक सहयोग

कृष्णदेव भण्डारीले उपलब्ध गराउनुभएको पुस्तक पुस्तकालय व्यवस्थापकलाई हस्तान्तरण गर्नुहुँदै ज्योति पुस्तकालयका अध्यक्ष सुरेन्द्रराज थिके ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित ज्योति पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ । हेटौंडास्थित प्रसिद्धि बुक हाउसका सञ्चालक कृष्णदेव भण्डारीले पुस्तकालयलाई ७ हजार रुपैयाँ बराबरका पुस्तक सहयोग गर्नुभएको हो ।

पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा एक महिनाअघि मात्रै ज्योति पुस्तकालय सुचारु भएको हो । २०१० सालमा स्थापित ज्योति पुस्तकालय २०५० सालको बर्षाका कारण बन्द भएको थियो । २८ बर्षदेखि बन्द पुस्तकालय साउन २ गतेबाट सुचारु गरिएको हो ।

Exit mobile version