
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित ज्योति पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ । हेटौंडास्थित प्रसिद्धि बुक हाउसका सञ्चालक कृष्णदेव भण्डारीले पुस्तकालयलाई ७ हजार रुपैयाँ बराबरका पुस्तक सहयोग गर्नुभएको हो ।
पुस्तकालय अभियान समूह मकवानपुरको सहयोगमा एक महिनाअघि मात्रै ज्योति पुस्तकालय सुचारु भएको हो । २०१० सालमा स्थापित ज्योति पुस्तकालय २०५० सालको बर्षाका कारण बन्द भएको थियो । २८ बर्षदेखि बन्द पुस्तकालय साउन २ गतेबाट सुचारु गरिएको हो ।









