साङ्केतिक तस्बिर ।

हेटौंडाः हेटौंडामा शुक्रबार १०१ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट १ सय १ जनाको स्वाब नमुना संकलन गरिएको हो ।

शुक्रबार ४९ जना महिला र ५२ जना पुरुष गरी १०१ जनाको स्वाब नमुना सङ्कलन गरेर कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पीसिआर प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । स्वाब दिन आउनेको सङ्ख्यामा घटी बढी भइरहने पनि उहाँले बताउनुभयो ।