रक्तदान गर्दै ।

हेटौंडाः अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । शुक्रबार बिहान प्रदेश युवा परिषद्को कार्यलय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रममा १ महिलासहित २५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संयोजन जिल्ला युवा समिति मकवानपुरले गरेको छ । बागमती प्रदेश युवा परिषद्ले सरोकारवाला संघ, संस्थासँगको सहकार्यमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ ।