हेटौंडाः मकवानपुरमा ४ सय ३३ जनाले एकैदिन कोरोनालाई जितेका छन् । शुक्रबार मकवापनुरमा ४ सय ३३ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवापनुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
जिल्लामा यति धेरै संख्यामा कोरोना संक्रमणलाई परास्त भएको यो पहिलो पटक हो । यती धरै संख्यामा एकैदिन संक्रमणमुक्त कसरी भए भन्ने समृद्ध समाज डटकमको प्रश्नमा सुचना अधिकारी घिमिरेले भीमफेदी कारागारमा मात्रै झण्डै ३५६ जनाले कारोनालाई जितेको बताउनुभयो । १४ दिनअघि भीमफेदीका कैदी तथा केही कर्मचारीमा कारोना पुष्टि भएको थियो । यस्तै ६ जनामा कोरोना पुष्टि भएको १४ दिन हुँन कारागरमा बाँकी रहेको छ ।
जिल्लामा शुक्रबार ४ सय २६ जना होम आइसोलेसनमा बसेका संक्रमित र ७ जना संस्थागत आइसोलसनमा बसेकाहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
५० जनामा संक्रमण पुष्टि
मकवानपुरमा शुक्रबार ५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सबैभन्दा बढी हेटौंडामा ३९ जना, थाहा ३ जना, मकवानपुरगढीमा १ जना, मनहरीमा २ जना, भीमफेदीमा २ जना, बकैयाँमा २ जना र राक्सिराङमा १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गएको पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित जिल्लामा हालसम्म १ सय ५४ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।