Home मुख्य समाचार मुख्यमन्त्रीदेखि केही मन्त्रीले अश्लील शब्द प्रयोग गरेपछि विवादमा

मुख्यमन्त्रीदेखि केही मन्त्रीले अश्लील शब्द प्रयोग गरेपछि विवादमा

प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन्
जनकपुरधाम । जिम्मेवार पदमा बसेका व्यक्तिहरु सभ्य हुनुपर्ने मान्यता हुँदाहुँदै पनि प्रदेश २ का मुख्यमन्त्रीदेखि केही मन्त्रीले विभिन्न सन्दर्भमा अश्लील शब्द प्रयोग गरेपछि विवादमा परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले केही दिनअघि सार्वजनिक स्थलमा पदीय मर्यादा नाघेर टिप्पणी गरे ।

केही दिनअघि मात्र मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

दुवैजनाको अमर्यादित भाषालाई लिएर समाजिक सञ्जालहरुमा आलोचना सुरु भएको भइरहेको छ । समाजिक सञ्जालमा साधु शरणले व्यंग्य गर्दै लेखेका छन् ‘अति पढेलेखेका विद्वानहरुका बिशिस्ट श्रेणीका लक्षणहरु यस्तै हुने गरेको छ ।’

मुख्यमन्त्री लालबाबु राउतले एउटा युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा अपशब्द प्रयोग गरे । समाजिक विकास मन्त्री नवलकिशोर साहले पनि मन्त्रालयको कुर्सीमै बसेर तथानाम गालीगलौज गरिरहेको भिडियो सार्वजनिक भयो ।

सिपी यादवले समाजिक सञ्जालवाटै राजीनामा मागे । रोहित धौलाकोटी लेख्नुहुन्छ ‘भनिन्छ जो अगुवा उहि बाटो हगुवा, भनेको यहि हो सडकछाप भाषा बोलेर आफ्नै बेइज्जत गरेछन ।’महिला पुरुष दुबैले उत्तिकै आलोचना गरेका छन् । विना ठाकुर लेख्छिन ‘सबै को मानसिक संतुलन बिग्रेको छ कि क्या हो ?

प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन् । प्रदेश सरकारले गर्ने गरेको अनाधिकृत क्रियाकलाप सञ्चार माध्यममा निरन्तर सार्वजनिक भएपछि मुख्यमन्त्रीदेखि मन्त्रीहरु सञ्चारमाध्यम र पत्रकारहरुप्रति आक्रामक भएका हुन् ।

पछिल्लो सममयमा आफ्ना गलत गतिविधिको भण्डाफोर हुन थालेपछि उनीहरुले सार्वजनिक स्थलमा समेत पत्रकारहरुलाई गालीगलौज गर्दै हिँड्ने गरेका छन्

Exit mobile version