हेटौंडाः मकवानपुर प्रहरीले चाँदीको गरगहनासहित २ जनालाई पक्राउ गरेको छ । ५ सय ११ ग्राम ९५० मिलिग्राम चाँदीका गरगहनासहित २ जनालाई प्रहरीले सोमबार साँझ हेटौंडा–१५ स्थित सडकखण्डबाट पक्राउ गरेको हो ।
बारा जिल्लाबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००४ प २५६ नम्बरको मोटरसाइकललाई हेटौंडा–१५ स्थित सडकखण्डमा चेकजाँच गर्दा उनीहरुको साथबाट ५ सय ११ ग्राम ९५० मिलिग्राम चाँदीका गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्यवर रिमालले बताउनुभयो ।
पक्राउ पर्नेमा चितवन माडी–६ को २३ बर्षिय मोटरसाइकल चालक सागर सुनार र मोटरसाइकलमा सवार हेटौंडा–३ का ३५ बर्षीय शम्भु घताने रहेको प्रहरीले बताएको छ । प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार उनीहरुलाई पक्राउ गरि कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।











