हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा योङ्ग कम्युनिष्ट लिगद्धारा रक्तदान आयोजना गरिएको छ । सोमबार भएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेकोे रक्तसंञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

रक्तदान गर्नेमा ५ जना महिला र ४८ जना पुरुष छन् । रक्त सञ्चार केन्द्रमा रगतको अभाव भइरहेको भन्दै योङ्ग कम्युनिष्ट लिग बागमती गाउँपालिकाले रक्तदान गरेको हो ।