गुगल तस्बिर ।


हेटौंडाः भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने हेटौंडाका २ निजी विद्यालयका सञ्चालक लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–७ नागसोती स्थित तासिर इङ्लिस सेकेण्डरी स्कुलका ३६ बर्षीय सञ्चालक अमृत प्रसाद ढकाल र हेटौंडा–५ स्थित ज्ञानोदय बालबाटिका स्कुलका ४० बर्षीय सञ्चालक श्याम कुमार बाँनियालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मकावानपुरले उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिवाना गरेर छाडेको छ ।जिल्लामा जारी निषेधाज्ञा साउन ३१ गतेसम्म रहेको छ । निषेधाज्ञाको उल्लङ्घन गरि विद्यालय सञ्चालन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।